दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खंलगामा अवस्थित महेन्द्र नमुना मावि खंलगाको ६३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल ठगुन्नाको अध्यक्षता आयोजित बार्षिकोत्सबमा पुर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रद्यानाध्यापकहरु, जनप्रतिनिधीहरु, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको उपसिथति रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक रामदत्त जोशीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रअ जोशीले प्रस्तुत गरेको प्रतिवेदन लोकदर्पण टिभी फेसबुक पेजमा गएर सुन्न सक्नुहुनेछ ।

बार्षिकोत्सबमा विद्यार्थीको परीक्षाफल प्रकाशन, विद्यालयको मुखपत्र उशाको बिमोचन, विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुती, उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मान, कलाकार र विद्यार्थीको सांस्कृतिक प्रस्तुती लगायत गतिविधि प्रस्तुत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?