दार्चुलामा नयाँ शैक्षिक सत्रका लागि २२ हजार पुस्तक आइपुग्यो

दार्चुला । दार्चुलामा अगामी शैक्षिक सत्र २०८१ को लागि करिव २२ हजार पुस्तक जिल्ला आइपुगेको छ । स्थानीय तहका शिक्षा शाखा तथा विद्यालयहरुमार्फत पुस्तक पसलका विक्रेताहरुसंगको समन्वययमा पुस्तकहरु जिल्ला भित्रिएका हुन् ।

पालिकाहरुको माग अनुसार पुस्तकहरु विक्रेताहरुसंग आइपुगेको र बाँकी रहेका पुस्तकहरु जिल्लामा स्टक गरिएको तथा आवश्यकता अनुसार बितरण गर्ने तयारी रहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । बैशाख ५ गते पुस्तक दिवसको अबसर पारेर बाँकी रहेका पुस्तकहरु विद्यार्थीहरुलाई वितरण गरिने उहाँले बताउनुभयो ।

यस बर्ष जिल्ला भित्रका सम्पूर्ण विद्यार्थीहरुको लागि २२ हजार पुस्तकहरु माग गरिएको र सोहि अनुसार जनक शिक्षा सामग्री केन्द्रले प्रादेशिक कार्यालय धनगढी बाट जिल्लाको लागि २२ हजार पुस्तक पठाइसकेको बताइएको छ । हिमाली जिल्ला दार्चुलालाई प्राथमिकतामा राखेर पहिलो चरणमा पाठ्यपुस्तक वितरण गरिएको हो ।
छिटफुट बाहेक यो वर्ष सबै पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?