दार्चुला । ४५ औं शिक्षक दिवसको अवसरमा दार्चुलामा अनेरास्ववियु र शिक्षक संगठनले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शिक्षक दिवसको अवसर पारी शिक्षा क्षेत्र सुधारको विषयमा अन्तरक्रिया गर्नुका साथै नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
दार्चुला विकास संगठनको सभाहलमा आयोजित अन्तरक्रियामा नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाका अध्यक्ष कल्यान सिंह धामीको अध्यक्षता रहेको थियो । अन्तरक्रियामा अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशी, संगठनका पदाधिकारी लगायत सरोकारवालाहरुको आथित्यता रहेको थियो । उक्त कार्यक्रममा सार्वजनिक शिक्षाको गुणस्तर सुधार, अगामी शैक्षिक शत्र २०८१ को विद्यार्थी भर्ना अभियान प्रभावकारी वनाउने लगायत विषयमा छलफल गरिएको बताइएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सगंठनमा आवद्ध कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सार्वजनिक विद्यालयहरुमा भर्ना गर्ने लगायत विविध विषयहरुमा छलफल गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया