दार्चुला । भारतीय राजदुतावासको सहयोगमा शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ मावि झरकाँडामा निर्माण हुन लागेको विद्यालय भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीको अध्यक्षता र भारतीय राजदुतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाको प्रमुख आतिथ्यतामा आयोजित एक औपचारिक कार्यक्रमका बिच भवनको शिलान्यास कार्य सम्पन्न भएको विद्यालयका प्रधानाद्यापक जयधन जोशीले जानकारी दिनुभयो । कार्यक्रममा दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह वडाल र शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको विद्यालय भवनको शिलान्यास कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकसंगै जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमी सरोकारवालाहरुको उपस्थिति रहेको थियो । भारतीय राजदुतावासका प्रतिनिधिसंगै शैल्यशिखर नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, कर्मचारीहरुको भवन शिलान्यास कार्यक्रममा आतिथ्यता रहेको थियो ।
भारतीय सहयोगमा गलैनाथ मावि झारकाँडामा ३ करोड ११ लाखको लागतमा दुई वटा ब्लक निर्माण हुनेछन् । विद्यालयका प्रधानाद्यापक जयधन जोशीका अनुसार आठ कोठाको एक र तीन कोठाको दोस्रो गरी दुई वटा भवन र सौचालय, फर्निचर निर्माण गरिनेछ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




