प्रहरीद्धारा हतियार चेकजाँच गर्दा बझाङमा पेस्तोल पड्कीयो, एक जना घाइते

दार्चुला । बझाङमा एक प्रहरीले पेस्तोल पड्काएका छन्। जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख भरत शाहका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन्।

जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक शाहले रावललाई निलम्बन गरिएको बताए। हतियार चेकजाँच गर्दा उनको हातबाट पेस्तोल पड्किएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।

बझाङमा भैरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा हिजो असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको हो। एक प्रहरी जवानलाई चोट लागेको छ। बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्द जवान पुदल सिंह रानालाई चोट लागेको हो।

उनको खुट्टामा चोट लागेको छ। उनले असई रावललाई हतियार बुझाएपछि पड्किएको बुझिएको छ । बझाङमा बैशाख १५ गते उपनिर्वाचन हुँदै छ। जसका लागि जिल्लासहित प्रदेशबाट समेत प्रहरी खटाइएको छ।

घाईते प्रहरीको अहिले उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?