दार्चुला । अनेरास्ववियूले आफ्नो ६०औँ स्थापना दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । संगठनको स्थापना दिवसको अवसरमा अनेरास्ववियु दार्चुलाले खुल्ला कविता वाचन प्रतियोगिता आयोजना गरेको छ ।
खलंगास्थित छन्ना तिंकरी कन्या माबिमा आयोजित कविता वाचन प्रतियोगितामा २९ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये डिप्लव धामीले प्रथम स्थान प्राप्त गर्न सफल भएको बताइएको छ । कविता ठगुन्ना द्धितीय र भुमिका पुजारा तृतीय भएका छन् । प्रथम पुरस्कार पाँच हजार नगद र प्रमाण पत्र, द्धितीय पुरस्कार चार हजार नगद र प्रमाणपत्र, तृतीय पुरस्कार तीन हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्रप्रसाद जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सचिव उमेशराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा नेता गोबिन्द धामी लगायत वर्तमान र पूर्व विद्यार्थी नेताहरु, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
अनेरास्ववियू केन्द्रीय कमिटीले स्थापना दिवसमा एक हप्तासम्म विद्यार्थी महोत्सब लगायत विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया