दुहुँमा शिक्षकलाई सात दिनभित्र राजनीतिक दल त्यागको स्वघोषणा पत्र बुझाउन पत्राचार

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सबै विद्यालयहरुका शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग गर्न सूचित गरेको छ । गाउँपालिकाले जेठ २ गतेको मितिमा एक सार्वजनिक सूचना प्रकाशन गर्दै सात दिनभित्र राजनीतिक दल त्यागको स्वघोषणा पत्र बुझाउन भनेको हो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखा, शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखा तथा शिक्षा विकास समन्वय इकाई दार्चुलाको पत्र अनुसार सामुदायिक विद्यालयहरुमा कार्यरत रहि विभिन्न राजनीतिक दलको सदस्यता लिएका, कार्यकारणी समितिमा रहेका तथा महाधिवेसन प्रतिनिधी भएका शिक्षक कर्मचारीहरुलाई सूचना प्रकाशन भएको मितिले सात दिनभित्र राजनीतिक दल त्यागेको स्वघोषणा पत्र गाउँपालिकामा पेश गर्न भनिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो ।

राजनीतिक दलको सदस्यता लिइ त्यागेको घोषणा नगर्ने शिक्षक कर्मचारीको विवरण प्रचलित कानुन बमोजिम कारवाहीका लागि सिफारिस सहित पठाउन समेत विद्यालयहरुलाई पत्राचार गरिएको छ ।

हेर्नुहोस गाउँपालिकाले सार्वजनिक गरेको सूचना

सायद पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?