दार्चुला । बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शनिबार राति ८ बजेतिर चट्याङ लागेर जिल्लाको दशरथचन्द नगरपालिका १ खर्कका ३६ बर्षीय जयबहादुर भाट र २६ बर्षीय जगदीश भाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइते भएका जयबहादुरको खुट्टामा र जगदीशको आँखामा चोट लागेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

घर नजिकैको सल्लाको रुखमा चट्याङ परेको र सोही चट्याङका कारण उनीहरु दुवै जना घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?