डडेल्धुरामा ढुंगा खस्दा एक जनाको मृत्यु

दार्चुला । डडेल्धुरामा खानेपानीको मुहान सफा गर्ने क्रममा माथिबाट ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको ढुंगा लागेर मृत्यु शनिबार भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार उनी घरबाट माथि पट्टी खानेपानीको मुहान सफा गर्न भातगाडा साथीहरूसँग गएका थिए।

पानीका कारण भिरालो जमिन कमजोर बनेको थियो। सोही ठाउँबाट ढुंगा खस्दा पनेरुलाई गम्भीर चोट लाग्यो र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?