दार्चुला । कञ्चनपुरमा घर डुबानमा परेपछि एक शिशुको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घरभित्र पानी पसेपछि मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु बेडबाट भुईँमा खसेको बताउनुभयो ।
भुईँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




