दार्चुला । कैलालीकी एक युवतीको निसर्ग अस्पतालमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने २१ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको हो ।
सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको हो ।
आफन्तहरुले भने अस्पतालकै लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मृतक जोशी धनगढीको खप्तड कलेजमा हेल्थ असिस्टेन्ट ९एचए० पढ्दै गरेकी थिइन् ।
अस्पताल प्रशासनले भने उपचारमा अस्पतालको कुनै लापरबाही नभएको दावी गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया