तेस्रो पटक उद्योगमन्त्रीको पदभार ग्रहण गर्दै दामोदर भण्डारीले भनेः काम नगर्ने छुट छैन

दार्चुला । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गर्दै काम नगर्ने छुट नभएको बताउनुभएको छ । सोमबार मन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदभार ग्रहण गर्दै आफूलाई काम नगर्ने छुट नभएको बताउनुभयो ।

मन्त्री भण्डारी तेस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हुनुभएको हो । यसअघि गत फागुनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दोहोरिएका भण्डारी पुनः सोही मन्त्रालयमा तेस्रोपटक मन्त्री हुनुभएको हो । मन्त्री भण्डारीले भन्नुभयो, ‘अब काम नगर्ने छुट छैन् । काम गर्नैपर्ने बाध्यता छ । मलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको कारण छ । मैले यस मन्त्रालयको महत्त्व र जिम्मेवारी बुझेको छु । त्यसैले मेरो पार्टीले मलाई पुनः यस मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो । यस मन्त्रालयको टीमसँग विगतमा काम गर्ने निकै सहज भएको थियो । र अब पनि यस टीमले मलाई बुझेको छ ।’

उहाँले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा पेश गर्ने साथै निकासी तथा पैठारी नियन्त्रणसम्बन्ध‍ी कानूनमा संशोधन र परिमार्जन गर्न बनेको विधेयकमा अर्थ र कानून मन्त्रालयको सहमतिको लागि पठाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

बैतडीबाट निर्वाचित सांसद भण्डारी योसहित चौथो पटक मन्त्री बन्नुभएको हो । उहाँले यसअघि दुईपटक उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । भण्डारी २०७२ सालमा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बन्नुभएको थियो । २०७९ सालमा छोटो समयका लागि उद्योग मन्त्री बन्नुभएका भण्डारी २०८० साल फागुन २३ गते तेस्रो पटक मन्त्री बन्नुभएको थियो ।

भण्डारी लगातार तेस्रो पटक बैतडीबाट निर्वाचित हुनुभएको छ । २०७०,२०७४ र २०७९ को चुनावमा भण्डारीले बैतडीबाट जित हात पार्नुभएको थियो । मन्त्री भण्डारी नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?