जातीय छवाछुत अझै हट्न सकेनः मन्त्री लक्ष्मी बिक

दार्चुला । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लक्ष्मी विकले सुदूरपश्चिममा अझै पनि जातिय छुवाछूत अन्त्य हुन नसकेको बताउनुभएको छ । अन्तरधार्मिक शान्ति महासंघ नेपालले धनगढीमा बिहीबार आयोजना गरेको धार्मिक सवालहरुको बारेमा विश्वव्यापी आवधिक समीक्षा तथा अन्तरधार्मिक शान्ति अभियान सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर क्रियात्मक कार्यक्रममा मन्त्री विकले यस्तो बताउनुभएको हो ।

‘म मन्त्री रहँदा खेरी पनि त्यो महसुस भयो। त्यो भित्र यो त्यो कमिटीको त होला भने कतिपय ब्युरोकेरासीका साथीहरुमा अझै पनि छुवाछूतको मानसिकता कायम छ। मेरो पार्टी भित्र पनि यो समुदाय हो है भने किसिमका देख्छौँ। त्यही भएर हामी यो बाट मुक्त हुने कि नहुने?’ मन्त्री विकले प्रश्न गर्नुभयो । पितृसताबाट सुदूरपश्चिम अझै पनि माथि उठन नसकिरहेको उहाँले बताउनुभयो । ‘दिन दिनै छुवाछूत भइनै राखेको छ। दिन दिनै हाम्रा छोरीबेटीहरु असुरक्षित भएका भयै छन’ मन्त्री विकले भन्नुभयो । सरकारले गर्न नसकेका कामहरु संघ संस्थाहरुले गर्दै आइरहेको उहाँको भनाई छ ।

जाति नाममा विभिन्न हिंसाहरु भइरहेकाले साझा अवधारणा बनाएर अगाडि बढनुपर्ने बिकले बताउनुभयो । कानुनी पक्ष पनि फितलो रहेको उहाँको भनाइ छ। अन्तरधार्मिक शान्ति महासंघ नेपालका कार्यसमिति सदस्य नेपोलियन राईले धर्मका नाममा कानुन भए पनि कानुनी राज्य नभएकाले अझै पनि विभेद रहि राखेको बताउनुभयो। संविधानमा कानुन भए पनि व्यवाहारमा नभएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?