कञ्चनपुर। नेकपा (एमाले) का पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरुका बीचमा अविश्वास बढाएर द्धन्द्ध फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताउनुभएको छ । एमाले बेल्डाँडी गाउँ कमिटीको प्रथम पूर्ण भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रावलले नेताहरुलाई आपसमा भिडाएर फाइदा लिन खोज्नेहरुलाई पछिल्ला गतिविधि मार्फत जवाफ दिइसकेको पनि बताउनुभयो ।

‘राजेन्द्र रावल र निरु पाललाई झगडिया देखाएर आफ्नो स्वार्थको रोटि सेक्न खोज्नेहरुलाई हामीले जवाफ दिइसकेका छौँ,’ उहाँले भन्नुभयो, पार्टीको जिल्ला र नगर अधिवेशनहरु सर्वसम्मत ढंगले गर्न सफल भएको उहाँले बताउनुभयो । ‘कञ्चनपुरमा सर्वसम्मत सम्भव नै छैन भनेर जिस्काउथे,’ अर्का पोलिटव्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु पालतर्फ हेर्दै रावलले भन्नुभयो, ‘हामीले जवाफ दियौं, इतिहास निर्माण ग¥यौं ।’

कार्यक्रममा पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज पाल, केन्द्रीय सदस्यद्धय इन्दु कडरिया र कमला बोहरा, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, उपसचिवद्धय अशोक चन्द र राजिब खड्कालगायत नेताहरुको उपस्थिति रहेको थियो । त्यसअघि कृष्णपुर नगर कमिटीको भेला समेत सम्पन्न गरिएको जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?