दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर २ मा रहेको महादेव मावि घुसाको ६८ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न भएको छ । विक्रम संवत् २०१३ सालमा स्थापित साबिकको घुसा गाविसको एक मात्रै माध्यमिक विद्यालय हालको अपिहिमाल गाउँपालिका वडा नम्बर १ र २ को अग्रेणी शैक्षिक संस्था महादेव मावि घुसाको बार्षिकोत्सब एक समारोहका बिच आज सम्पन्न भएको हो ।
विद्यायल व्यवस्थापन समितिका अध्यक्ष धनसिंह धामीको अध्यक्षतामा आयोजित वार्षिकोत्सब समारोहमा अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदनराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै तामाखानी भगवती आवि चौबिसनका प्रधानाद्यापक शेर सिंह धामी र खण्डेश्वरी माविका शिक्षक करबिर सिंह बोहराको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा भवानी आवि सितिका प्रधानाद्यापक कमान सिंह धामी, खण्डेश्ररी प्रहरी चौकी इन्चार्ज रमेश नाथ, विव्यस सदस्यहरु, शिक्षक अभिभावक संघ पदाधिकारी, स्थानीय अभिभावक लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा महादेव माद्यमिक विद्यालयका प्रधानाद्यापक गौरी धामीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विव्यस सदस्य दमन सिंह धामी, सहायक प्रधानाद्यापक दिलेन्द्र लोथ्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुती र अतिथिहरुको शुभकामना मन्तव्य प्रस्तुती राखिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया