पहिरोमा परेर एक महिलाको मृत्यु, एक बालिका घाइते

दार्चुला । डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्। आदर्श गाउँपालिका–३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको छ। सोहि ठाउँकी अन्दाजी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छन्।

मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट आदर्श गाउँपालिका–६ सौकल्लामा माइति घर जाँदै थिइन्। उनिहरु आदर्श गाउँपालिका–३ कै उन्ने ओडार भन्ने ठाउँमा बाटो माथिबाट आएको पहिरोमा परेको प्रहरीले जनाएको छ। घाइते बालिकाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

प्रहरी टोली घटनास्थलमा गइरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?