दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै चालु १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार वनियोजित गरिएको बताउनुभयो । त्यस्तै वित्तीय व्यवस्थातर्फ रु १ करोड हुने गरी विनियोजन भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु. एक अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने रु ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्व ७२ करोड रहेको छ ।

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु ६ अर्व १५ करोड ८३ लाख, ससर्त अनुदानबाट प्राप्त हुने रु. ३ अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. १ अर्व ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री थापाले घोषणा गर्नुभयो ।

यसअघि असार १ गते चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । यद्यपी सत्तागठबन्धन फेरबदलसँगै यो बजेट सभाबाट पारित हुन सकेको थिएन् । सोमबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले बैठक बहिष्कार गर्दासमेत सभामुख भीमबहादुर भण्डारीले सभाको कारबाही अघि बढाउनुभएको थियो ।

नयाँ सरकारले राजस्व संकलनसम्बन्धी अध्यादेश ल्याएर साउन २४ देखि राजस्व संकलनको गाँठो फुकाएको थियो। तर समयमा बजेट नआँउदा कर्मचारीले तलब पाउन सकेका थिएनन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुदूरपश्चिममा हाल १ हजार ६३८ जना स्थायी दरबन्दीका कर्मचारी छन्।

बजेटले उपलब्ध स्रोतको सीमा भित्र रहेर सबै क्षेत्रलाई प्राथमिकतामा राखेको मन्त्रीहरुको प्रतिक्रिया छ ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस

https://drive.google.com/file/d/1J7n6d1Pr45KHv31nK-SKPlL3PrRTvoLL/view

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?