अनेरास्ववियुले आयोजना गरेको वादविवाद सम्पन्न, मावि धापका विराजमान बडू प्रथम

दार्चुला । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाकाली नगर कमिटीले आयाेजना गरेकाे मावि स्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न भएकाे छ ।

१० औं संविधान दिवस २०८१ काे अवसरमा आयाेजित वादविवाद प्रतियोगिता मालिकार्जुन नमुना माबि धापमा सम्पन्न भएकाे हाे । “सामाजिक संजालकाे प्रयाेग समाजका लागि वरदान कि अभिशाप´´ शीर्षकमा आयाेजित वादविवाद प्रतियागिता अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य क. सुनिता धामीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ । महाकाली नगरपालिका अन्तरगतका विभिन्न ६ विद्यालयका १२ जना प्रतियाेगिहरुले आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

प्रतियाेगि मध्ये मालिकार्जुन नमुना मावि धापका छात्र विराजमान बडू प्रथम, मावि धापकै छात्रा जेनी धामी द्वितीय र महेन्द्र नमुना मावि खलंगामा अध्ययनरत छात्रा ज्याेती भट्ट ले तृतिय स्थान हासिल गर्नुभएकाे छ ।

कार्यक्रममा अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जाेशी, उपाध्यक्ष कृष्ण धामी, काेषाध्यक्ष खडक सिह ठगुन्ना, नेपाल बुद्धिजीवी परिषद दार्चुलाका अध्यक्ष एवं दार्चुला बहुमुखी क्याम्पसका उप-प्राध्यापक धाना धामी, मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक सुन्द्र सिह बुढाथोकी, रास्ट्रिय युवा संघ नेपाल महाकाली नगरपालिका संयाेजक रबिन्द्र सिह धामी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?