अनेरास्ववियुद्धारा महेन्द्र नमुना मावि खंलगाको छात्रावासलाई चार हजार सहयोग रकम हस्तान्तरण

दुर्गादत्त मिश्र, दार्चुला । अनेरास्ववियु दार्चुलाले जिल्ला सदरमुकाम खंलगामा अवस्थित महेन्द्र नमुना मावि खंलगाको छात्रावासमा बस्ने विद्यार्थीहरुको व्यवस्थापनको लागि चार हजार रुपैयाँ  विद्यालयलाई हस्तान्तरण गरेको छ ।

अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रशाद जोशी, उपाध्यक्ष कृष्ण धामी, कोषाध्यक्ष खडक सिंह ठगुन्ना सहितको टोलीले आइतवार (आज)  विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

गत वर्ष होली खेलेर निर्माण गरिएको विद्यार्थी छात्रवृत्ति अक्षय कोषबाट छात्रावासमा बस्ने विद्यार्थीहरुको व्यवस्थापनका लागि विद्यालयलाइ  चार हजार रुपैयाँ हस्तान्तरण गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रशाद जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?