सुदूरपश्चिम विश्वविद्यालयको सन्दर्भ सामाग्री बन्यो रावलको पुस्तक ‘डोटी राज्यको मध्यकालीन इतिहास’

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावलद्धारा लिखित ‘डोटी राज्यको मध्यकालीन इतिहास’ (सक १२३५–१७१२) पुस्तकलाई मुख्य सन्दर्भ सामाग्रीको रुपमा समेटने निर्णय गरेको छ।

स्नातक तहको चौथो सेमेस्टर र स्नातकोत्तर तहका विद्यार्थीले अब उक्त पुस्तकलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न सक्ने छन्। मानविकी तथा सामाजिकशास्त्र संकायका डीन डा. मुकुन्द कलौनीका अनुसार स्नातक तहको चौथो सेमेस्टरमा ‘सुदूरपश्चिमको अध्ययन’ विषयका लागि उक्त पुस्तकलाई सन्दर्भ सामाग्रीको रुपमा राखिएको छ।

यस्तै स्नातकोत्तरको ‘सुदूरपश्चिमको विकासका आयाम र चुनौती’ विषयको सन्दर्भ सामाग्रीको रुपमा पनि उक्त पुस्तकलाई समेटिएको हो। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य समेत रहेका रावलको अंग्रेजी भाषामा लेखिएको ‘डोटी राज्यको मध्यकालीन इतिहास’ पुस्तक निक्कै चर्चित छ।

त्यसको नेपाली भर्सन समेत प्रकाशनको तयारीमा रहेको उहाँले बताउनुभयो। यो पुस्तक छिमेकी भारतको उत्तराखण्डका इतिहासकार तथा संस्कृतिकर्मीका माझमा पनि लोकप्रिय छ। यस्तै रावलको ‘द इकोज पावर अफ प्यासन’ कविता संग्रह प्रकाशित भएको छ। उहाँले सयौंको संख्यामा बिभिन्न जर्नलहरुमा लेख प्रकाशित गराउनुभएको छ ।

केही कृति प्रकाशनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो।

राजनीति र साहित्यमा समानान्तर ढंगले सक्रिय रावललाई २९ भदौँमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अभिनन्दन गर्नुभएको थियो । सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य तथा इतिहासका क्षेत्रमा रावलले पु¥याएको योगदानको कदर गर्दै त्यसबेला अभिनन्दन गरिएको थियो।

सायद पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?