दार्चुला । नेकपा (एमाले) का उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुकको आवश्यकता र चाहानाले नयाँ राजनीतिक समीकरण बनेको बताउनुभएको छ ।
शनिवार (आज) प्रेस चौतारी नेपाल बाजुरा शाखाले मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले तत्कालीन सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक सहमतिमा इमान देखाउन नसक्दा मुलुकको राजनीतिमा फेरबदल आएको उल्लेख गर्नुभयो ।
ठुला दलहरुलाई पालैपालो खेलाएर आफु प्रधानमन्त्री भइराख्ने प्रचण्डको योजना र देशमा विषम परिस्थितिको सिर्जना हुने अवस्था आउने भएपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउन पुगेको उहाले बताउनुभयो । देशमा संकट आउँदा विभिन्न कालखण्डमा एमाले र कांग्रेस मिलेर नै हल गरेको स्मरण गराउदै यो सरकार बन्दा विभिन्न चरणमा घनीभूत छलफल भएर मात्र निर्माण भएको बताउनुभयो । पछिल्ला विभिन्न काण्डलाई ढाकछोप गर्न हालको सरकार बनेको हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा ज्ञवालीले आफ्नो पार्टी र नेपाली कांग्रेसका कुनै पनि नेताहरु दोषी ठहर भएमा कार्वाहीको सिकार बन्ने बताउनुभयो ।
यस्तै उहाले जनताको आवश्यकता र चाहाना अनुसार नै संविधान संशोधन हुनेतर्फ संकेत गर्दै संविधान जीवन्त भएमा मात्र देशमा राम्रो रक्तसञ्चार हुनेमा जोड दिनुभएको छ । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको पछिल्लो अभिव्यक्ति प्रति कटाक्ष गर्दै उनले त्यसलाई सत्ता सकिएपछिको छटपटी मात्र भएको आरोप लगाउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, पुर्व मुख्यमन्त्री तथा पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली सहितको सहभागिता थियो । मार्तडीमा आजै देखि जिल्ला स्तरीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया