बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्राको रौनक

दार्चुला । बैतडीका विभिन्न शक्तिपिठहरुमा हिजोबाट जात्रा सुरु भएका छन् । दशरथचन्द नगरपालिका वडा नम्बर –२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा विहिवार (हिजो) बाट जात्रा आरम्भ भएको छ ।

घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा (हिजो) बाट जात्रा आरम्भ भएको र आज महाष्टमीका दिन पशु बलिसहित जात्रा समापन हुने मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो । यो बर्ष चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा पनि (हिजो) महासप्तमी र (आज) महाष्टमी मानिएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि हिजो  ३५० भन्दा वढी पशुहरु बाधिएका छन् । आज पशुबली सगै जात्रा समापन हुने छ ।

हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शनका लागि बैतडी, दार्चुला, बझाङ लगायत सुदूरपश्चिमका हजारौं तथा छिमेकी मुलक भारतका दर्शनार्थीहरुको घुइचो लागेको छ ।

निङ्गलाशैनी भगवती मन्दिर लगायत  बैतडीका विभिन्न शक्तिपिठहरुमा लागेका जात्रालाई व्यवस्थित बनाउन प्रशासनले पनि मेला सुरक्षा अन्तर्गत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?