पन्ज्युनयाँ क्रिकेट लिगको उद्योगमन्त्री भण्डारीद्धारा उद्धघाटन

दार्चुला । बैतडीको पनज्युनयाँमा तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको मंगलवार (हिजो) उद्धघाटन गरिएको छ ।

सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री भण्डारीले खेलकुदका साथै सामाजिक विकासका अन्य क्षेत्रमा तीनवटै तहका सरकारबिच आवश्यक समन्वय हुनु आवश्यक रहेको बताउनुभयो । खेलकुदको माध्यमबाट पनि देशको गरिमा बढाउन मद्दत पुग्ने भएकाले ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा बल मिल्ने मन्त्री भण्डारीको भनाई छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख ५५ हजार ५५५ सहित सिल्ड र पदक पाउनेछ । यस्तै उपविजेताले नगद ५५ हजार ५५५ पदक र प्रमाणपत्र प्राप्त गर्नेछ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?