दार्चुला ।डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच जना पुगेको छ । घटनास्थलमा विहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले बताउनुभयो ।
उहाका अनुसार उनको शव बिहान ११ बजेतिर फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते बस चालक बिरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




