दुर्गादत्त मिश्र, दार्चुला । दार्चुला व्याडमिन्टन संघको आयोजनामा कार्तिक ८ गतेबाट सुरु भएको व्याटमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको  व्याटमिन्टन हलमा सञ्चलन भएको प्रतियोगितामा अण्डर–१९, डवल खुल्ला र ४५ वर्षमाथीको भेट्रान्स व्यटमिन्टन गरी तीन वटा उमेर समुहका खेलहरु खेलाइएका थिए ।

जसमध्ये पप्पु पाल अण्डर–१९ र डबल खुल्ला गरी दुई वटा विधाका खेलहरुमा बिजेता बनेका छन् । अण्डर–१९,मा पप्पु पाल प्रथम, मुकेश धामी द्धितीय र अशोक धामी र आयुष धामीले तृतिय स्थान पाप्त गरेका छन् । यस्तै डवल खुल्ला प्रतियोगितामा पप्पु पाल र आयुशमान नगारीको टिम प्रथम, मदन चन्द र बिनोद बुढाथोकी टिमले द्धितीय स्थान पाप्त गर्दा भारतीय खेलाडी सुवम कोरगा र दिपु पुनेठाको टिमले तृतिय स्थान पाप्त गरेको छ ।

४५ वर्षमाथीको भेट्रान्स प्रतियोगितामा बिनोद बुढाथोकी र नविन खकवालको टिम प्रथम र नारायण दाहाल र लक्ष्मण ऐरीको टिमले द्धितीय स्थान पाप्त गरेको दार्चुला व्याडमिन्टन संघका सचिव भुपेन्द्र बिष्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेताहरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा ३२ वटा टिमहरुको सहाभागीता रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?