दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको दुुहुँ गाउँपालिकाले पालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का रद्ध गरेको छ ।
भवनको निर्माण कार्य समयमै सम्पन्न नगरेको भन्दै गाउँपालिकाले प्रशासकीय भवन निर्माणको ठेक्का रद्ध गरेको दुहुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर सिंह धामीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६।०७७ मा वाई आर कन्सट्रक्सन प्रालिसँग प्रशासकीय भवन निर्माणको सम्झैता गरिएको थियो । निर्माण व्यवसायीले बिचमै काम छोडेर सम्र्पक विहिन भएपछी कार्तिक ५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार तथा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ र ८ बमोजिम ठेक्का रद्ध गरीएको बताइएको छ ।
यस्तै गाउँपालिकाले निर्माण अलपत्र छोड्ने निर्माण कम्पनीलाई कालोसूचिमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्नुका साथै कार्यसम्पादन जमानत बाफतको ७९ लाख ३७ हजार ५ सय रुपैयाँ समेत जफत गरेको बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया