दुर्गादत्त मिश्र, दार्चुला । नेकपा (माओवादी केन्द्र) दार्चुलाले जिल्लाका नौँ वटै स्थानीय तहमा कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक ४ गते दुहुँ गाउँपालिकाबाट सुरु भएको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक १३ गते (आज) नौगाड गाउँपालिकामा पुगेर सम्पन्न भएको हो ।
कार्तिक ४ गते दुहुँ गाउँपालिकामा, कार्तिक ५ गते व्याँस गाउँपालिकामा, कार्तिक ६ गते महाकाली नगरपालिकामा, कार्तिक ७ गते मालिकार्जुन गाउँपालिकामा, कार्तिक ८ गते लेकम गाउँपालिकामा, कार्तिक ९ गते शैल्यशिखर नगरपालिकामा, कार्तिक १० गते मार्मा गाउँपालिकामा, कार्तिक ११ गते अपिहिमाल गाउँपालिकामा र कार्तिक १३ गते (आज) नौगाड गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्र दार्चुलाका जिल्ला संयोजक प्रेमराज पन्तले जानकारी दिनुभयो ।
दार्चुलाका नौँ वटै स्थानीय तहहरुमा सम्बन्धित पालिकाका पालिका कमिटी अध्यक्षहरुको अध्यक्षता, माओवादी केन्द्रका दार्चुला जिल्ला ईन्चार्ज लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रमहरुमा माओवादी केन्द्रिय सदस्य ललित सिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश दलका नेता वैकल्पिक केन्द्रिय सदस्य मानबहादुर धामी, लगायत जिल्ला कमिटीका नेताहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
नौँ वटै स्थानीय तहमा सम्पन्न कार्यक्रमहरुमा दशै, तिहार, छठ लगायत चाडपर्वहरूको शुभकामना आदानप्रदान गर्नुका साथै पार्टी कमिटी सुदृढीकरणका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया