सरकारद्वारा हरि रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयाेग गठन, सदस्यमा दार्चुलाबाट गोबर्धन कोली

दार्चुला । सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्यूठानका श्रीहरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको सञ्चार प्रविधि तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । एमालेको केन्द्रीय सदस्य रहेका रिजालले एमाले लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदार बनेर पराजित भएपछि केन्द्रीय सदस्य गुमाएका हुन् ।

आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह, सदस्यमा दार्चुलाका गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का, झापाका अनिलकृष्ण प्रुसाई, तनहुँका आरती भण्डारी रहेका छन् ।

भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम सदस्यको पदावधि ३ वर्ष रहनेछ । यद्यपी आयोगको अध्यक्ष, उपाध्यक्ष वा सदस्यलाई विभिन्न कारण देखाएर जुनसुकै बेला पनि सरकारले पदबाट हटाउन सकिने व्यवस्था गठन आदेशमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?