सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो

दार्चुला । सुनको भाउले नेपाली बजारमा आज नयाँ कीर्तिमान बनाएको छ । हिजो (धनतेरसको) दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार नाघेको छ ।

आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार एक सय बीस रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?