तिहारको समयमा दार्चुलामा राति साढे ८ बजेपछि देउसी भैलो खेल्न नपाइने

दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले तिहारको समयमा राती साढे ८ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । कार्तिक १२ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको सुरक्षा समितिको बैठकले तिहार तथा अन्य चाडपर्वलाई मध्यनजर गदैँ राती साढे ८ बजेपछि देउसी भैलो खेल्न रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले राती साढे ८ बजेपछि देउसी भैलो खेल्न रोक लगाउने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सुचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

यस्तै तिहारमा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, बिक्रीवितरण तथा प्रयोग नगर्न आग्रह  गर्नुका साथै कसैले सो बस्तुहरुको प्रयोग तथा  विक्रिबितरण गरेको पाइएमा सार्वजनिक मुद्दा चलाउने प्रहरीले चेतावनी समेत दिएको छ ।

तिहारमा जुवातास खेल्ने खेलाउने कार्यसमेत पुर्णतया बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका विभिन्न शक्तिपिठहरुमा कार्तिक १८ गते भाइटिकाका दिनबाट रात्रीजात्रा समेत लाग्ने गरेका छन् । प्रहरीले चाडपर्व लक्षीत सुरक्षा योजना अनुसार बन्देज गरिएका अस्वभाविक क्रियाकलाप नर्गन नगराउन जिल्लावासीमा अपिल गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?