दार्चुलामा बेवारीसे अवस्थामा छोडिएका  १२५ प्याकेट प्रज्वलनसिल पटाका बरामद

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुला प्रहरीले बेवारीसे अवस्थामा छोडिएका १२५ प्याकेट प्रज्वलनसिल पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधवार (आज) महाकाली नगरपालिका वडा नम्बर–४ महाकाली करिडोर सडक किनारबाट बेवारीसे अवस्थामा छोडिएका १२५ प्याकेट  प्रज्वलनसिल पटाका बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

बरामद गरिएका पटाका आजै नष्ट गरिने समेत उहाले बताउनुभयो ।  प्रज्वलनसिल पटाका खरिद बिक्रि गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?