दार्चुला । नेपाली बजारमा सुनको भाउले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ । आज एकै दिनमा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीमा २० रुपैयाँले घटेर दुई हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया