दार्चुला । डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका–६ छेला स्थित बा०२–०२२ प २१४५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक भुपेन्द्र भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
यस्तै मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २० वर्षीय सिद्धराज भट्ट घाइते भएका छन्। सिद्धराजलाई थप उपचारको लागि धनगढी रिफर गरेको डडेल्धुरा प्रहरीले जनाएको छ
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया