दार्चुलामा साढे पाँच लाख बढी भन्सार छलीको समानसहित बोलेरो जीप र चालक प्रहरी नियन्त्रणमा

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा साढे पाँच लाख बढीको भन्सार छलीको समान सहित बोलेरो जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला सदरमुकाम खंलगाबाट गोकुलेश्वरतर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज ११९० नम्बरको बोलेरो जीप सहित चालक बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–१ का सागर रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीचौकी शंकरपुर पस्तीबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन –८ पस्तीस्थित सडकखण्डमा चेकजाँच गर्दा जीपको पछाडी लुकाइ छिपाइ ल्याइरहेको अवस्थामा १६ वोरा विडी, साढे पाँच वोरा सुर्ती, १६ बास्ता (पेटी) सलाई गरी ५ लाख ५८ हजार रुपैयाँको बराबरको समान भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

बरामद गरिएको समान, गाडी र चालकालाई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय दार्चुला लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?