दुर्गादत्त मिश्र, दार्चुला । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–६ सित्तड सलेना, (भु–गाउँ) की ३२ वर्षीया देवकी भुलको बिहिवार (आज) ४ बजेतिर खर काट्ने क्रममा स्थानीय लेक भिरबाट लडेर घटनास्थलमै ज्यान गएको सलेनाबाट स्थानीय गज बहादुर गोयलाले जानकारी दिनुभयो । मृत्तक भुलका दुई छोरा रहेका छन् ।
उहाका श्रीमान भने रोजगारको सिलसिलामा मलेसिया रहेको बताइएको छ । चाडपर्वको मुखैमा भुलको अकल्पनिय निधनले सिंगो सित्तड सलेना गाउँ स्तब्ध भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया