मालिकार्जुनको न्वालपानीमा दमौरा क्रिकेट कप २०८१ को उद्धघाटन

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–२ न्वालपानीमा दमौरा क्रिकेट कप २०८१ आजबाट सुरु भएको छ । बसन्तपुर युवा क्लब न्वालपानीले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमहरु सहभागी रहेका छन् ।

युवा क्लबका संयोजक अशोक सिंह बिष्टको अध्यक्षता एंव मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको बिहिवार (आज) भब्य उद्धघाटन गरिएको क्लबका सह–संयोजक पुष्कर सिंह कार्कीले जानकारी दिनुभयो ।

उद्धघाटन शत्रमा मालिकार्जुन गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी वडा नम्बर २ का वडा अध्यक्ष गणेश सिंह धामी, स्थानीय एंव खेलप्रेमीहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतियोगितामा  बिजेतालाई नगद १८ हजार ५ सय ५५ तथा उप–बिजेतालाई नगद ८ हजार ५५५ रुपैयाँ सहित टर्फी  र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?