बैतडी किशोरी बेपत्ता प्रकरणः प्रहरी हवल्दार जोशी पुर्पक्षका लागि कारागार चलान

दार्चुला । बैतडीमा किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका हवल्दार कृष्णराज जोशी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर –२ डिम्बरकी साढे १७ बर्षीया किशोरीलाई बेपत्ता पारेको अभियोगमा पक्राउ परेका जोशीलाई जिल्ला अदालत बैतडीको आदेश अनुसार गएको मंगलबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

किशोरीका आफन्तले दिएको जाहेरी अनुसार उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा मुद्दा चलाएर अनुसन्धान गरेको थियो । जिल्ला अदालतबाट दुई पटक म्याद थपेर उनीमाथि अनुसन्धान गरिएको थियो । प्रहरी हवल्दार जोशीलाई निलम्बन गरेर अनुसन्धान गरिएको र प्रहरीले आफ्नो अनुसन्धान सकाएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

पञ्चेश्वर–२ कै महाकाली प्रहरी चौकीमा कार्यरत हवल्दार जोशीले प्रहरी चौकीसँगै जोडिएको डिम्बर गाउँकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोप लागेको थियो । उनको किशोरीसंग पहिलादेखि सम्बन्ध रहेको र सम्बन्धका बारेमा किशोरीका घरपरिवारलाई थाहा भएपछि उनले नै बेपत्ता पारेको आरोप लागेको छ ।

किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका जोशीमाथि प्रहरीले अनुसन्धान गरेर अदालतमा पेश गरेको थियो । प्रहरीसंगको बयानमा उनले किशोरीसंग सम्बन्ध रहेको कुरा स्वीकार गरेका छन् । उनले किशोरीमाथि करणी समेत गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । असोज २५ गते बिहान ती किशोरी प्रहरी हवल्दारलाई भेट्न प्रहरीचौकीमै पुगेकी थिइन् । त्यसपछि उनको अवस्था अज्ञात रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?