दिपेन्द्र स्मृति भलिबल प्रतियोगिताको उपाधि जिएम होटेललाइ, देथला उपविजेता

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा कार्तिक १३ गतेबाट सुरु भएको दिपेन्द्र स्मृति पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजना तथा मालिकार्जुन गाउँपालिका दार्चुलाले प्रयोजन गरेको प्रतियोगिता शुक्रवार (आज) सम्पन्न भएको हो ।

१३ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि मालिकार्जुन–३ को जिएम होटेल एण्ड लजको टिमले हात पारेको छ । यस्तै शैल्यशिखर नगरपालिकाको देथला टिम उप–विजेता बनेको छ भने भगवतीको टिमले तृतिय स्थान प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम द्धितिय र तृतिय स्थान पाप्त गर्ने टिमहरुलाई क्रमसः नगद रु ५५ हजार ५ सय ५५, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ सहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?