दार्चुला । बैतडीमा बौलाहा कुकुरको टोकाइबाट सात जना घाइते भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर –१ को डोरेपानी र रामलामा बौलाहा कुकुरले सात जनालाई टोकेको स्थानीय जयानन्द भट्टले बताउनुभएको छ ।
हिजो र आज गरेर बौलाहा कुकुरले सात जनालाई टोकेको हो । उक्त कुकुर बझाङको बुंगलबाट आएको बुझिएको छ । एकै कुकुरको टोकाइबाट वडा नम्बर १ डोरेपानीका लीला राना, महेश राना, खुइले राना, लक्ष्मी राना, रमेश राना र नारायण राना घाइते भएका छन् भने रामलाका भानदेव भट्ट पनि कुकुरको टोकाइबाट घाइते भएका छन् ।
रमेश र नारायणलाई कुकुरले आज बिहान टोकेको हो भने अरुलाई हिजो टोकेको स्थानीय नारायण रानाले बताउनुभयो । बौलाहा कुकुरको टोकाइबाट घाइते भएका सात जनामध्ये पाँच जनाले गोकुलेश्वर अस्पतालमा आएर रेबिजविरुद्धको खोप लगाएका छन् । दुईजनाले खोप लगाउन बाँकी रहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया