दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–७ देवथलीका युवाहरुले युवा क्लब गठन गरेका छन् । युवा नेता तथा समाजसेवी धनन्जय जोशीको अध्यक्षता एंव समाजका वुद्दिजीवी, शिक्षक, राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवी स्थानीय लगायत सरोकारवालाहरुको उपस्थितिमा विद्यार्थी नेता गोबिन्द राज जोशीको अध्यक्षतामा १३ सदस्यीय देवभुमी युवा क्लब गठन गरिएको क्लबका सचिव मुकेश जोशीले जानकारी दिनुभयो ।
गाउँमा भाइचाराको सम्बन्ध स्थापित गराउने ,विकृति विसंगती हटाउने, समाजमा रहेका धार्मीक क्षेत्रहरुको संरक्षण एंव प्रचार प्रसार गर्ने तथा समाजमा अराजक गतिविधि फैलिन नदिने उद्धेश्यसहित युवा क्लब गठन गरिएको क्लबका अध्यक्ष जोशीले बताउनुभएको छ ।
यस्तै क्लबको कोषाध्यक्षमा दिपक राज जोशी र सचिवमा मुकेश जोशीलाई सर्वसहमत चयन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया