दार्चुला । कैलालीको अत्तरियाबाट गरगहना चोरेर फरार रहेकाएक जना प्रकाउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका २२ बर्षीय विज्ञान बस्नेतलाई पानीको तालमा लुकेर बसिरहेको अवस्थामा शनिवार (आज) प्रहरीले पक्राउ गरेको हो ।
गोदावारी नगरपालिका–१ अत्तरियाकी ३४ वर्षीया लक्ष्मी ठगुन्नाको कोठाबाट हिजो सुनका गरगहना चोरेर बस्नेत फरार भएका थिए ।
उनको साथबाट सुनको झुम्का २ थान, सुनको आँैठी १ थान, सुनको नागिनि १ थान, सुनको लकेट १ थान, सुनको चन्द्रमा १ थान, सुनको फुली १ थान फेला पारेको छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




