दुर्गादत्त मिश्र, दार्चुला । रमणिय र मनमोहक प्रकृतिको आभाष दमौराको पर्यटन प्रवद्धनमा हाम्रो प्रयास भन्ने नाराका साथ कार्तिक १५ गतेबाट मालिकार्जुन गाउँपालिका वडा नम्बर– २ न्वालपानीमा सञ्चालन भएको दमौरा क्रिकेट प्रतियोगिताको उपाधि सिकारी ब्वाइज निसिलले हात पारेको छ ।
१० वटा टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक बसन्तपुर युथ क्लब न्वालपानी उप–बिजेता बनेको छ । क्लबका संयोजक अशोक सिंह बिष्टको अध्यक्षता एंव मालिकार्जुन गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष गणेश सिंह धामीको प्रमुख आतिथ्यतामा आज प्रतियोगिताको समापन गरिएको कार्यक्रम सञ्चालक एंव क्लबका सह–संयोजक पुष्कर सिंह कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेता र उप–बिजेतालाई क्रमसः नगद १८ हजार ५ सय ५५ र ८ हजार ५५५ रुपैयाँ सहित टर्फी र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया