दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाका लेकम गार्खाका विभिन्न शक्तिपिठहरुमा कार्तिक शुक्लपक्षको द्वितीया तिथीमा लागेका रात्रीजात्राहरु भब्यताका साथ सम्पन्न भएका छन् । प्रशिद्ध लटिनाथ मन्दिर बन्तोलीमा लागेको रात्रीजात्रा शान्तिर्पुण तरिकाले सम्पन्न भएको शैल्यशिखर नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष पुष्पराज जोशीले जानकारी दिनुभयो ।
बन्तोली क्षेत्र सडक सञ्जालसंग जोडिएपछि यस वर्ष जात्रा अवलोकन तथा पूजापाठ गर्ने भक्तजनहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । जात्रा अवधिभर उक्त क्षेत्रमा मदिरा सेवन बिक्रि,बितरण पुर्ण रुपमा बन्द गरिएको थियो । यस वर्ष बन्तोली जात्रामा १५ लाख बढीको ब्यापार भएको वडा अध्यक्ष जोशीले बताउनुभयो ।
जात्रामा मार्मा क्षेत्रको पख्यात बाजा (रामढोल) सगैं ५५ जोडा बढी दमाहा जात्राहरु आएका थिए । जात्राको अवलोकन गर्न दार्चुला बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतका विभिन्न क्षेत्रका भक्तजनहरुको उपस्थिति रहेको थियो ।
जात्रा व्यवस्थापनमा सहयोग गर्ने मन्दिर व्यवस्थापन समिती, प्रशासन तथा भक्तजनहरुलाई वडाले धन्यवाद ज्ञापन गरेको छ । यस्तै मालिकार्जुनको लटिनाथ कैलपाल मन्दिर चौड, लेकमको मैखोली लगायतका क्षेत्रमा लागेका रात्रीजात्राहरु पनी सम्पन्न भएका छन् ।
लेकमकै प्रशिद्ध लटिनाथ मन्दिर जयपुरमा कार्तिक २५ गते, राष्ट्रकै सातौँ धाम मालिकार्जुन मडमा कार्तिक २९ गते रात्रीजात्रा लाग्ने बताइएको छ । कार्तिक शुक्लपक्षको पुर्णिमा तिथीमा लेकमको कुणी र पातीमा अन्तिम जात्रा लाग्ने छन् ।
उक्त मन्दिरहरुमा पनी रात्रीजात्राहरुको लागि आवश्यक तयारी भइरहेको खबरहरु पाप्त भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया