सुनको भाउ आज दुई हजार आठ सय रुपैयाँले घट्यो

दार्चुला । तिहार बिदा सकिएर कारोबार भएको पहिलो दिन आज सुनको भाउ एकैदिन दुई हजार आठ सय रुपैयाँले घटेको छ ।

आज सुन दुई हजार आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदीमा ६० रुपैयाँले घटेर तोलाको दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?