दार्चुलाको मार्मामा साढे दुई किलो बढी चरेस सहित एक जना प्रकाउ

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

चरेस बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा मंगलवार राती  ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा खटिएको टोलीले मार्मा गाउँपालिका वडा नम्बर–३ बिटुलेका ३० वर्षीय लोकेन्द्र महरको पसल तथा घरबाट २ किलो ६ सय ग्राम लागूऔषध चरेससहित महरलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

चरेस बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । महरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?