दार्चुला । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको छ । कमला ह्यारिसले दुई सय २३ मत ल्याउनुभएको छ । यसअघि डोनाल्ड ट्रम्प सन् २०१९ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी हुनुभएको थियो ।
यसपटक अमेरिकामा इतिहासकै कडा प्रतिस्पर्धा हुने र अमेरिकी इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चुनिने सम्भावना रहेको विश्लेषण भइरहेको थियो । तर डोनाल्ड ट्रम्पले सहजै चुनाव जित्नुभएको छ ।
डेमोक्र्याट दलका किल्ला भनिएका राज्य र मतदाताले जुनसुकै बेला मत परिवर्तन गर्न सक्ने भनिएका राज्यमा ट्रम्पको बलियो उपस्थिति देखिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया