दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–२ को राष्ट्रिय मावि ठिङमा समाज रुपान्तरण तथा शैक्षिक सुधारका लागी शिक्षक, विद्यार्थी तथा अभिभावको भुमिका विषयक एक दिने शैक्षिक अभिमुखिकरण सम्पन्न भएको छ ।
राष्ट्रिय मावि ठिङको आयोजना तथा मन्थली मावि रामेछापका सहायक प्राचार्य चन्द्र सिंह धामीको सयोजनमा अभिभावक लक्षित शैक्षिक अभिमुखिकरण आयोजना गरिएको हो । राष्ट्रिय मावि ठिङका विद्यालय व्यवस्थापन समिती अध्यक्ष जित सिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, प्रहरी तथा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (डिएसपी) हरु, वडा नम्बर –२ का वडा अध्यक्ष गणेश सिंह धामी, मालिकार्जुन गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी ,उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापा, स्थानीय वुद्दिजीवी, शिक्षक विद्यार्थी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले शैक्षिक उन्नयनका लागि अभिभावहरुमा जागरुपता हुनु जरुरी रहेको बताउदै असल अभिभावकत्वको भुमिका निर्वाह गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक नै पहिलो पाठशाला भएकाले विद्यार्थीलाई असल र नैतिक शिक्षा दिने काम अभिभावकहरुको भएको बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया