दार्चुलाको ऐतिहासिक जगतपुरी शिवधाममा लागेको कोटिहोम महायज्ञ समापन

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखिर नगरपालिका वडा नम्बर–९ मा अवस्थित ऐतिहासिक जगतपुरी शिवधाममा कार्तिक १ गते बाट सुरु भएको  कोटिहोम महायज्ञ साढे पाँच क्विंटलको त्रिशूल स्थापना सगै बुधवार (आज) समापन भएको छ ।

कार्तिक १ गतेबाट २१ गतेसम्म कोटिहोम महायज्ञमा १०८ कन्या पूजन, चर्मण्यावतीमा १ करोड १ लाख दीपपज्वलन, १०८ वटा गाईको दुग्ध धारा दिई गङ्गाको माताको सम्मान, रुद्राभिषेक ग्रह शान्ति र त्रिपुरेश्वर महादेबको स्थापना लगायतका धार्मीक कार्य गरिएको कोटिहोम महायज्ञ व्यवस्थापन समिति सदस्य पूर्ण बहादुर साउँदले जानकारी दिनुभयो ।

२१ दिनसम्म सञ्चालन भएको कोटिहोम महायज्ञमा सहयोग गर्नुहुर्ने सम्र्पुणमा समितिले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?