जोखिमपूर्णरूपमा क्षमताभन्दा बढी यात्रु बोक्दा कार्वाही

दार्चुला । दार्चुलामा जोखिम मोलेर क्षमताभन्दा बढी यात्रु बोक्ने यातायातका साधनलाई कार्वाही गरिएको छ ।

दार्चुला सदरमुकाम खलंगाबाट छुटेको सु.प.प्र.०४००१ज००५ नम्बरको बोलेरो जिपले सवारी सिट भन्दा बढी सवारी राखी सवारी साधन चलाएको भन्ने सामाजिक सञ्जालबाट प्राप्‍त सूचनाको आधारमा उक्त सवारीका चालकलाई जिल्ला ट्राफिक कार्यालय दार्चुलाबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम अबदेखि त्यस्तो प्रकारको गल्ती नगर्ने सर्तमा सम्झाई बुझाई आवश्यक कारवाही गरि छाडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने उक्त जिपलाई एक हजार पाँच सय नगद जरिवाना समेत तिराइएको प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरले बताउनुभयो ।

साथै कुनै पनि कसूरका सम्बन्धमा सामाजिक सञ्जाल लगायतका श्रोतबाट आउने सूचनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले गम्भिरताका साथ लिने गरेको र कसूर सम्बन्धित सूचना दिने सूचकको नाम नामेसी गोप्‍य राखी कारवाही गरिने हुँदा कसूर सम्बन्धित सूचना यस कार्यालयमा उपलब्ध गराएर सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ । 

दार्चुलाका अधिकांश कच्ची सडकमा यातायातका साधनहरू गुडाउन निकै जोखिम छ । अव्यवस्थित बाटोमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम उच्च हुने भएकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?