दुर्गादत्त मिश्र, दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–७ खेतीगाउँमा अवस्थित कर्ण केदार मन्दिर तामापत्रले निर्माण गर्न उद्धेश्यले देश तथा विदेशमा रहेका दाताहरुले संकलन गरेको ९९ हजार ५ सय ६९ रुपैयाँ शुक्रवार (आज) मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
मन्दिरको गात तामापत्रले निर्माण गर्न स्थानीयहरुको पहलमा देश तथा विदेशमा रहेका दाताहरुबाट संकलन गरिएको उक्त रकम मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको समाजसेवी प्रदिप कुमार जोशीले जानकारी दिनुभयो ।
अव कर्ण केदार मन्दिरको गात तामापत्रले निर्माण गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिले उक्त कार्यमा सहयोग गर्ने सम्र्पुणमा धन्यवाद ज्ञापन गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया